नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र 'साइनो' लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्र आगामी शुक्रवारबाट प्रदर्शनमा आउँदै छ ।  सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएसँगै सबै उमेर समूहकाले चलचित्र हेर्न मिल्ने भएको छ ।  निर्देशक रमेश थापाका अनुसार ‘साईनो’ मौलिक तथा सामाजिक र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । 

चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् भने  रामेश्वर कार्कीको छायाङ्कन र वनिश शाहको सम्पादनमा निर्माण भएको छ ।