केही वर्ष अभिनय गरेको अनुभवलाई आधार बनाएर निर्देशनमा हात हाल्ने कलाकारको सङ्ख्या बढिरहेको बेला निश्चल बस्नेत यस्तो नाम भएको छ जो 'लुट' जस्तो चलचित्र निर्देशन गरेर पनि यति बेला आफूलाई अभिनयमा नै व्यस्त राखिरहेका छन् । हुन पनि एक पटक सफलता हात पारेका जोकोहिलाई पनि त्यस सफलताको मान जोगाउन निकै कठिन हुने गर्छ । 'लुट २'बाट दर्शकलाई सोचेअनुरुप सन्तुष्ट बनाउन नसकेका निश्चल यति बेला निर्देशनमा हात हाल्न हच्के झैँ देखिछन् । एउटा राम्रो निर्देशकले यसरी सहज जुटाउन नसक्नु पक्कै पनि नेपाली चलचित्र क्षेत्रको लागी फाइदाको कुरा होइन । उनी पटक पटक आफूलाई चलचित्रको कथा मन नपरेको प्रतिक्रिया दिँदै आइरहेका छन् ।
पछिल्लो समय निश्चल आफ्नै निर्माण र निर्देशनमा चलचित्र ‘दिमाग खराब’को लागी जुटेका थिए । तर, यस चलचित्र पनि उनले निर्देशन नगर्ने खबर बाहिरिएको छ । साथमा उनेले निर्देशनको बागडोर सिमोस सुनुवारलाई जिम्मा लगाएको बुझिएको छ । यति बेला ‘दिमाग खराब’को स्क्रिप्टमा काम भइरहेको छ । निर्देशन नगरे पनि चलचित्रमा निश्चल को अभि नयाँ रहने छ भने साथमा अभिनेत्री स्वस्तिमा खड्काको पनि इन्ट्री हुनसक्ने बुझिएको छ ।