श्वेता खड्का सफल अभिनेत्री मात्र नभएर एक कुशल व्यापारी पनि हुन् । उनी चलचित्र क्षेत्रमा जति सफल छिन् उति नै सफल व्यवसायमा पनि छिन् । दरबामार्गको राइजिङ्ग मलमा उनको हिमालयन जाभा कफी सप छ । उनले सोमबारदेखि बालुवाटारमा पनि जाभाकै शाखाको सुरुवात गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रका कलाकार लगायतको बाक्लो उपस्थितिमा सोमबार श्वेताको कफी सपको शुभारम्भ गरियो ।

उनलाई बधाई तथा शुभकामना दिन र खुसीमा सहभागी हुन आकाश अधिकारी, रेखा थापा, दीपकराज गिरी, दिपाश्री निरौला, ऋचा शर्मा, पूजा शर्मा, शुभेच्छा खड्का, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, गायक युवराज चौंलागाईं लगायत थुप्रै हस्तीहरू पुगेका थिए ।

स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ  स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ

हिमालयन जाभा नेपालको अन्तराष्ट्रीय कफी ब्रान्ड हो जसको शाखा नेपाल भर रहेको छ । विदेशी तथा नेपाली कफी पारखी लाई मध्य नजर गर्दै बालुवाटारमा शाखा खोलेको श्वेताले बताइन् । व्यवसायलाई फैलाउनुका साथै उनी नयाँ चलचित्रको निर्माणमा पनि जुट्ने तयारी गर्दै छिन् ।

स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ  स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ  स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ