स्मीता दाहाल र राजनराज सिवाकोटीले स्वर रहेको गीत 'मायालु तिमी कता छौँ' म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । पुष्पकमल दाहालकी नातिनी स्मीता पछिल्लो समय गीत सङ्गीतमा सक्रिय भइरहेकी छिन् । गीतको भिडियोमा कार्टुन क्रुका मुख्य सरोज अधिकारी र स्मीता स्वयंको प्रस्तुति रहेको छ । भिडियोलाई कार्टुन क्रु कै सरोज ओलीले निर्देशन गरेका हुन् । साथै गीतमा राजनराजकै सङ्गीत रहेको छ भने दिनेश थपलियाको शब्द रहेको छ ।

एउटा कोठालाई सेट बनाएर तयार पारिएको भिडियो रमाइलो बनेको छ भने सरोज र स्मीता प्रस्तुति निकै जमेको छ । कोरस सहित सरोज र स्मीता पानीमा रुझ्दै छमछमि नाचेका छन् । भिडियोलाई विक्रम स्वरले खिचेका हुन् । गीतको भिडियो गज्जब टिभिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।