साउन २४ गते अर्थात् यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'साइनो'ले चितवनमा विशेष शोको आयोजना गरेको थियो । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको ‘साइनो’लाई चलचित्र हेर्न पुगेका दर्शक अतिथिले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । मौलिक कथामा आधारित चलचित्र अर्गानिक फिल्म हो भन्दै प्रशंसा गरे । उक्त शोमा चलचित्रका मुख्य कलाकारहरू निता ढुङ्गाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेललगायतका अन्य कलाकारहरू, निर्माता तथा निर्देशक पुगेका थिए भने यसै अवसरमा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुसाल, प्रथम रङ्गिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो ।
रमेश थापाले निर्देशन गरेको चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् 'साइनो' मा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् ।