चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दै छन् । कसिस दाहाल, नवीन अधिकारी, करण सिंह बोहरा, विकास थापा मगर लगायतका कलाकारको अभिनय रहने छ । भने साउन ३० गतेबाट फ्लोरमा जाने तयारी निर्माण पक्षले गरिरहेको छ । निर्माण घोषणासँगै मङ्गलवार चलचित्रको एक गीत पनि रेकर्ड भैसकेको छ । गीतमा अन्जु पन्तको स्वर रहेको छ भएन हरि उप्रेतीको शब्द ।
चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन, यम आले मगरको छायाङ्कन रहनेछ । खामेश श्रेष्ठ मुख्य सहायक निर्देशक रहेको ‘रिजन अफ रिया’ काठमाडौँ र मुस्ताङमा छायाङ्कन गरिने जानकारी दिइएको छ ।