हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गर्ने निर्णय गरेको लामो समयसम्म काम सुरु गर्न सकिरहेका थिएनन् । यद्यपि चलचित्रको नाम, कथा लगायत काम भने भइरहेकै थियो । यति बेला उक्त जोडिले चलचित्रको निर्माणको औपचारिक सुरुवात गरेको छ । 'एन्टी भाइरस'देखी 'छल कपट’ बाट चलचित्रको नाम ‘सेन्टी भाइरस’ जुराएका छन् भने रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।

सामाजिक कथा बस्तुमा निर्माण हुने यस चलचित्र पनि कमेडी जनरामा नै बन्ने छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

बन्ने भयो धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस'

चलचित्रको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा प्रयोग गरिने धुर्मुसले जानकारी दिएका छन् । उनका अनुसार १५ प्रतिशत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने र बाँकी ५ प्रतिशत कलाकार सङ्घको भवन निर्माणमा सहयोग गरिनेछ । दसैँ अघि चलचित्रको छायाङ्कन सक्ने योजना रहेको छ । साथमा कुञ्जना घिमिरेले चलचित्रको नाम सेन्टी भाइरस भए पनि भने रमाइलो भाइरस हुने बताएकी छिन् ।