पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका हुन् बर्षा राउत । म्युजिक भिडियो हुँदै चलचित्र ''नाइ न भन्नु ल ४''बाट डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै प्रशंसा पाइन् । त्यस लगतै उनले छक्का पन्जा र जात्रा गरिन् जुन चलचित्रबाट उनी दर्शकमाझ अझ बढी परिचित भइन् । हालै उनी मिस्टर झोले, फाटेको जुत्ता र छक्का पन्जा २ को सुटिगं सकाएर बसेकी छिन् । बर्षाको चर्चा जति चलचित्र र अभिनयले हुन्छ त्यतिनै प्रेम सम्बन्धको कारणले पनि हुने गर्दछ् । यतिखेर बर्षा व्यवसायी तथा नायक सन्जोग कोइरालासँग प्रेममा छिन् । यी दुईको प्रेम संम्बन्ध ५ वर्षभन्दा बढी हुन लागेको बर्षा स्वयम् स्वीकार गर्छिन् । प्रेम सम्बन्धको बारेमा खुलस्त रूपमा अघि बढेकी बर्षा सिनेपाटीसँग कुरा गर्दे बर्षाले प्रेम सम्बधले विवाहको रूप छिटै लिने खुलाएकी छिन् ।
नेपाली चलचित्रमा सँगै करियर सुरु गरेका संजोग र बर्षाको जोडी सुरुदेखि नै एक आदर्श जोडीको रूपमा लिइन्छ । आफ्नो करियरको कारण सम्बन्धमा कुनै पनि पनि समस्या नआउने बरु सम्बन्धका कारण करियरमा केही भए खास केही नहुने बर्षा बताउँछिन् यसका साथै आजसम्म सम्बन्धमा कुनै उतारचढाव आएको छ कि छैन भन्ने प्रश्नमा अहिलेसम्म नआएको र केही गरी आए पनि आफ्नो कारण आउने बताउँछिन् ।आफ्नो प्रेमीको कारण आफुलाई कहिल्यै अप्ठेरो नपरेको संजोग र बर्षा बताउँछन् । संजोकलाई आफूले बर्षालाई गुमाउनु पर्छ कि भन्ने डर भएको बताउँछन् भने आफूले धेरै कुरा स्वयंम गर्न सक्ने नभै बिहे हुन्छ कि भन्ने डर बर्षालाई रहेछ ।
आफ्नो सम्ब न्धलाई लिएर कसै ले नकारात्मक प्रतिकृया दिँदा आफूलाई नराम्रो लाग्ने र जवाफ दिन मन लाग्ने बर्षा ब ताउँछिन् भने यस्ता कुरामा ध्यान दिनु नहुने संजोग थप्छन् । जब सबै कुराहरू मिल्छ अनि आफ्नो करियारलाई सहज तरिकाले अगाडी बढाउन आफूहरू तयार भइन्छ तब मात्र बिहे गर्ने कुरा दुबैजना खुलाउँछन् ।