नेपाली हलहरूमा हरेक हप्ता नयाँ चलचित्र रिलिज हुन्छन् यदाकदा एउटा मात्र कुनै चलचित्रले सिङ्गल रिलिजको अवसर पाउँछन् नत्र प्राय जसो एक भन्दा बढी नै चलचित्र रिलिज भइरहेका हुन्छन् । यो हप्ता पनि तीन नयाँ चलचित्र रिलिज भएका छन् । चलचित्र ‘साइनो’, ‘रे’ र 'काँचुली’ प्रदर्शनमा आएका हुन् । सिङ्गल थिएटर लक्षित यी चलचित्रमा साइनो बाहेक दुईले प्रचारप्रसार बिना नै प्रदर्शनमा आएका हुन् । यद्यपि 'साइनो'ले प्रचार प्रसारमा निकै दौड धूप गरेको थियो ।
नेपालकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको 'साइनो'मा  नीता ढुङ्गाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । यसै गरी चलचित्र त्रिकोणात्मक प्रेकथामा आधारित रहेको छ । 

 

यसै गरी चलचित्र 'रे'लाई राजेन्द्र त्रिपाठीले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीलगायतको अभिनय रहेको छ । शङ्कर अधिकारीको निर्देशन रहेको चलचित्र ‘काँचुली’ मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे प्रमुख भूमिकामा छन् ।