चलचित्र निर्माणको क्रममा नै चलचित्र 'रातो टिका निधारमा'ले दसैँलाई रिलिज रोजेर बसेको छ । यति बेला चलचित्रहरूका रिलिज क्यालेन्डरमा निकै लतमाथि भइरहेको छ । महान् चाड दसैँमा चलचित्र रिलिज गर्नु चलचित्रका लागी एउटा सुखद अवसर पनि हो । विगतका दसैमा रिजिल बहेका चलचित्र नै ब्लकबस्टर साबित भएका थिए । यो वर्षको दसैको लागी पनि दीपकराज गिरी समूह र रोहित अधिकारीले बनाएको ‘छ माया छपक्कै’ले दसैलाई नै रिलिज मिति टार्गेट गरिरहेको छ ।
तर अझै मिति फाइनल हुन सकेको छैन । यस्तै चलचित्र 'रातो टिका निधारमा'का निर्देशक अशोक शर्माले चलचित्रको रिलिज मिति तोक्न सकेका छैनन् । बिहीबार ‘रातो टिका निधारमा’को पहिलो गीत रिलिज भयो । रिलिज कार्यक्रममा शर्माले चलचित्र दसैमा नै रिलिज हुन्छ दसैभन्दा पर नजाने अडान राखे । यसै गरी उनले आफ्नो फिल्मले कुनै पनि फिल्मसँग डराउनु पर्ने आवश्यकता नरहेको पनि बताएका छन् । दीपकराज गिरी र टिमले निर्माण गरेको चलचित्र एक प्रतीक्षित चलचित्र हो जसले पनि आफ्नो फाइनल रिलिज मिति दिन सकेको छैन ।
यी दुई चलचित्र को रिलिज मिति जुध्ने अन्योलले ‘रातो टिका निधारमा’को मिति तोक्न नसकेको हो कि भन्ने प्रश्न उठ्दा निर्देशक शर्माले ‘दर्शकले मन पराएपछि वार अथवा कुनै पनि फिल्म डराउनु पर्दैन । फिल्म कमजोर छ भने चाहिँ डराउनु पर्छ, भनेका छन् ।