पछिल्लो समयका चर्चित र डिमान्डेड नायक हुन् अनमोल केसी यसै गरी अभिनेत्री प्रियंका कार्की पनि उस्तै चर्चित र व्यस्त कलाकार हुन् । उनी अब अभिनेत्री मात्र नभएर एक निर्मात्री निर्देशकको बाटोमा समेत लागेकी छिन् । यसै गरी नायक अनमोल केसी पनि एक पछि अर्को सफल चलचित्र दिँदै आइरहिएका छन् ।
यी दुवै कलाकार प्रियंका र अनमोल क्रमशः कोकाकोला र स्प्राइटको ब्रान्ड एम्बेसडर बनेका छन् । कोकाकोला र स्प्राइटले नयाँ प्याक लन्च गर्दै उनीहरूलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । कोकाकोला र स्प्राइटको जिग्री प्याक लन्च कार्यक्रममा दुबै जना उपस्थित थिए भने उनीहरूले यो सहकार्य पनि भएको बताएका छन् ।