प्रदर्शन मितिलाई लिएर अन्योलमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को रिलिज मिति सार्वजनिक भएको छ । चलचित्र निर्माण पक्षले असोज १० गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो । घटस्थापनाको दुई दिन अगाडी परेको शुक्रवारलाई ‘रातो टिका निधारमा’ले उपयुक्त मिति ठहर गरेको हो ।
बिहीबार चलचित्रको गीत रिलिज हुँदा सम्म चलचित्रको रिलिज मिति बारे रहेको अन्योल हटाउँदै मिति तय गरेको निर्देशक अशोक शर्माले बताएका छन् । ए.ए ग्रुप अफ कम्पनीजले निर्माण गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माअसँगै नीता ढुङ्गाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, वसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । ‘रातो टिका निधारमा’लाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् ।