चलचित्र ‘दयारानी’ले नयाँ रिलिज डेट तोक्नुका साथै डेटसहितको पोस्टर सार्वजनिक गरेको छ । जेठ १० रिलिज हुने भनिएको चलचित्र मिति सरेर साउन ३० मा पुगेको थियो फेरी एक पटक निर्माण पक्षले मिति फाइनल गरेको छ जसलाई निर्माण पक्षले अन्तिम भनेको छ । अब दयाहाङ राई र दीया पुन स्टारर चलचित्र ‘दयारानी’ फागुन ९ गते प्रदर्शनमा आउने भएको छ । निर्देशक माओत्से गुरुङले ठुला ब्यानर र ब्रान्ड बनाइसकेका चलचित्रले छायाङ्कन पूर्व नै चाडको रिलिज तोक्ने हुँदा भर्खर उदाउँदै गरेकालाई राम्रो रिलिज डेट पाउन मुस्किल भएको भ भन्दै गुनासो समेत गरेका छन् । ‘हामी चलचित्रको सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली सिनेमा उद्योगमा । यो रोग कहिलेसम्म रहने हो ?’ भन्दै गुरुङले प्रश्न गरेका छन् ।
सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय रहेको छ ।