चलचित्र 'प्रेम गीत ३' ले निर्माण घोषणा पछि लामो समयसम्म कलाकार छनौट र अन्य कामका लागी समय लियो । चलचित्रका मुख्य कलाकार छनौट देखी अन्य कलाकार फाइनल गर्न निकै कौतुहलता सृजना गर्दै यती बेलासम्म चलचित्रका कलाकार लगायत टिम फाइनल भएका छन् । दसैँपछि छायाङ्कन सुरु गरिने 'प्रेम गीत ३' आगामी चैत २८ मा  प्रदर्शनमा आउनेछ । चलचित्रकी मुख्य नायिका अर्थात् गीतको भूमिकाको लागी देशभरबाट २७ सय युवतीबाट क्रिस्टिना गुरुङ छानिइन् यसै गरी तेस्रो पटक पनि नायक प्रदीप खड्का प्रेमको भूमिकामा देखिने भएका छन् । प्रदीप र क्रिस्टिनाका साथमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, प्रेम पुरी, सन्तोष सेन लगायत कलाकार फाइनल भैसकेका छन् । साथमा चलचित्रको टिममा  केही नयाँ कलाकारको पनि प्रवेश भएको छ । लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा को इन्ट्री सँगै 'प्रे,म गीत ३ को ज जम्बो कलाकार टिम तयार भएको हो ।

अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने तयारीमा रहेको र 'प्रेम गीत'को यो a6ntnP5GN8wसिरिजलाई उत्कृष्ट बनाउन कुनै कञ्जुस्याँई नगर्ने निर्माता सेनको भनाइ रहेको छ । छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने 'प्रेम गीत ३' मा बाल कलाकार अनुभव रेग्मीले बाल्यकालको प्रदीप खड्का उर्फ ‘प्रेम’ को भूमिका निभाउँदै छन् । अभिनेता शिव श्रेष्ठले राजाको भूमिका निर्वाह गर्ने छन् । चलचित्रमा दुई सय वर्ष पुरानो कथा रहनेछ ।