शाहिल खड्काको शब्द सृजना, सङ्गीत र स्वर रहेको गीत ‘सरीमै लाउने’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोसँगै आइतबार युट्युबबाट रिलिज गरिएको हो । गीतको भिडियोमा चर्चित नेपाली टेलिसिरियल ‘भद्रगोल’बाट मुन्नीको नामले चर्चामा पाएकी प्रियना आचार्य फिचर्ड छिन् । दीपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यसै गरी सागर मगरले कोरियोग्राफी गरेकाअ हुन भने सुपृम पराजुलीले सम्पादन गरेका हुन् । गीतले नेपाली लोक सङ्गीतको झल्को दिन्छ भने एक नजरमा नै प्रेम बसेको मायालुको बयान गरिएको छ ।