चलचित्र पत्रकार सङ्घ, नेपालले आउँदो भाद्रमा तीन दिने वृहत् चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा चलचित्र विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो । यस सम्बन्धी जानकारी दिँदै सार्वजनिक गरिएको विज्ञप्तिमा चलचित्र तथा कला विधामा पत्रकारिता गरिरहेका पत्रकारहरूले कार्यशालामा सहभागी हुन पाउने बताइएको छ । कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ, प्रवेश  शुल्क १५ सय रहेको छ ।

पोखरामा चलचित्र पत्रकार सङ्घको तीन दिने कार्यशाला हुँदै

पत्रकारहरूले पत्रकार आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टिमिडिया सम्बन्धी शिक्षण दिइने भएकाले पनि यस विधामा काम गरिरहेकालाई निकै फल दायी हुने विश्वास सङ्घले लिएको छ ।