आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’माथि चलचित्र बन्ने भएको छ । अशोक थापाले निर्देशन गर्ने चलचित्रको नाम ‘सपना सांग्रिलाको’ जुराइएको छ । चलचित्र उपन्यासबाट एडोप्टेसन भन्दा पनि प्रभावित हुने निर्देशक थापाले बताएका छन् । पुस्तकबाट ४० प्रतिशत मात्र कथा लिइने र बाँकी बाहिर बाट पुरा गरिने बुझिएको छ । यसै गरी चलचित्रको लागी कलाकारहरू छनौट प्रक्रिया पनि सुरु हुने भएको छ ।

निर्माण पक्षले कास्टिङ कलको आह्वान समेत गरेको छ । घरपरिवार र सामाजिक वातावरणले बाल मनोविज्ञानमा पार्ने प्रभावको विषयवस्तुमा निर्माण हुने चलचित्रको भदौबाट छायाङ्कन सुरु हुने छ । फिल्म ३ करोडको हाराहारी लागतमा निर्माण हुनेछ ।