केहि वर्ष अघि गीत ‘पिरतीको जालमा पारौँला’ नसुन्ने कमै थिए होलान् । यो गीत चलचित्र 'रेसम फिलिली’ हो जसका निर्माता तथा अभिनेता हुन विनय श्रेष्ठ । गीत सार्वजनिक भएसँगै रातारात गीत मात्र चर्चामा आएन यसले चलचित्रको हाइप एकाएक बढाइदियो । चलचित्रले रिलिजको दिन बम्पर ओपनिङ गर्‍यो तर बिडम्बना महाभूकम्पले चलचित्र प्रदर्शन हुनै पाएन । सफलताको पुरा अनुभव लिन नपाएका उनै विनय श्रेष्ठ यतिबेला नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।

उनले 'रेसम फिलिली'कै सिक्वेल बनाउने तयारी गरिरहेका बुझिएको छ । उनले यस बारे आधिकारिक जानकारी नदिए पनि कलाकार र टिम निर्माणको लागी उनि लागिपरेको खबर बाहिरिएको हो ।