चलचित्र ‘प्रेमगीत २ ’ अब प्रदर्शनको लागी तयार भएको छ । सोमबार दिउसो चलचित्रको अन्तिम रेर्कड गर्दे चलचित्रको सम्पादन सकिएको घोषणा गरिएको हो । रेड स्टुडियोमा चलचित्रकी नव–नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले अन्तिम रेर्कड गराएका थिए ।
रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्र ‘प्रेमगीत २’लाई सन्तोष सेनले निर्माण गरेका हुन । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ भने निर्माता सेन पनि चलचित्रमा भिलेनको भूमिकामा देखिन्दै छन् । पूर्ण लभ स्टारीले भरिपूर्ण ‘प्रेमगीत २’ साउन १३ गते प्रदर्शनमा आउने छ ।