तत्कालीन नेकपाका महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटना र मृत्युको घटनामा आधारित चलचित्र 'दासढुङ्गा' बिभिध विषयले चर्चामा रह्यो । एक त रहस्यमय घटना त्यसमाथि राजनीतिक इतिहास जोडिएको कुरा चर्चामा आउनु सामान्य नै हो । सन् २०१० मा मनोज पण्डितले निर्देशन गरेका दास्ढुङ्गाको पहिलो भाग समीक्षात्मक रूपमा सफल मानियो । यसै चलचित्रको दोस्रो भाग निर्माण हुने कुरा केही महिना अघि नै सार्वजनिक भएको हो । कुमार भट्टराईको निर्देशनमा बन्ने दोस्रो भाग फ्लोरमा जान सकेको छैन । चलचित्र विकास बोर्डले निर्माण इजाजत दिन आनाकानी गरेपछि यस फिल्मको निर्माण प्रक्रियामा अवरोध पुगेको बताइएको छ ।

 बोर्डले मदन भण्डारी स्मृति प्रतिष्ठानले अनुमति दिएपछि मात्रै इजाजत दिन मिल्ने कुरा गरेको निर्देशक भट्टराई बताउँछन् उता अनुमतिको लागी प्रतिष्ठानमा पहल गरे पनि कुनै निर्णय नआएको भट्टराईले थपे । अनुमतिको लागी नै झमेला खेपिरहेको यस चलचित्र निर्माणको काम कहिले सम्म सम्पन्न हुन्ने हो टुङ्गो लागेको छैन ।