भदौ २० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र 'सोच' को ट्रेलर सार्वजनिक भएको छ । निता ढुङ्गाना र प्रज्वल गिरी स्टारर एक्सन लभस्टोरीको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, निता ढुङ्गाना र डेव्यु अभिनेता पूजन सिंह बिचको प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ । चलचित्रमा निता ढुङ्गाना र प्रज्वल गिरीका साथमा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । 'सोच'मा कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको छ भने गङ्गा रजक प्रकाश र एस.डी निर्माता रहेका छन् । चलचित्रलाई विदुर पाण्डेको छायाङ्कन, एनबि महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।