गायक सन्जिब पुडासैनीको आवाजमा रहेको  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाको गाँउमा’ बोलको उक्त गीतमा नवराज बस्नेतको शब्द तथा सङ्गीत रहेको छ ।

म्युजिक भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका छन् भने रोशन श्रेष्ठले छायाङ्कन गरेका छन् । सार्वजनिक भिडियोमा अलिशा राई र देव राईको अभिनय रहेको छ ।