‘दि भ्वाइस अफ नेपाल सिजन २’को प्रसारण शुक्रवारबाट हिमालय टिभीमा हुन लागेको छ । प्रदर्शनको सँघारमा कार्यक्रमको विशेष प्रिमियर काठमाडौँमा गरिएको छ । बिहीबार आयोजना गरिएको प्रिमियरमा साङ्गीतिक क्षेत्रका हस्ती, शोको टिम र विभिन्न क्षेत्रका मानिसहरू उपस्थित थिए । ‘दि भ्वाइस’को प्रिमियरमा दोस्रो सिजनको पहिलो भागको प्रदर्शन गरिएको थियो ।
यो सिजनमा पहिलो सिजनका कोच गायकद्धय दीप श्रेष्ठ र प्रमोद खरेलका साथमा गायिका आस्था राउत र गायक राजु लामाको इन्ट्री भएको छ । लक्ष्मण पौडेलले निर्देशन गरेका विश्वको नम्बर एक गायन रियालिटी सोमा अलि फरक शैली अपनाइएको निर्माण पक्षले बताएको छ । ‘दि भ्वाइस अफ नेपाल’ हिमालय एचडीमा शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण हुँदैछ ।