वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । चलचित्र वासुदेव, मनको बाँध, बेहुली, मसान लगायत दर्जनौँ चलचित्रमा जीवन्त अभिनय गर्नुभएकी अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो । बि.स: २००४ सालमा जन्मिनुभएकी अधिकारी ले सन् १९७४ को सिनेमा ‘मनको बाँध’बाट ठुलो पर्दाको अभिनय यात्रा थालनी गर्नुभएको थियो । उहाँलाई २०७३ को राष्ट्रिय अवार्डद्वारा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । उहाँलाई चलचित्र 'मसान' कि बसन्तीको रूपमा चिनिन्छ । अधिकारीलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न उहाँकै निवास डल्ल्लु,स्वयम्भूमा १ बजे देखि ३ पार्थिव शरीर राखिनेछ भने आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।