पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीबार साँझ न्युज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो । चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको थियो । पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैँ खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। सिधा कुरा जनतासँगको कार्यक्रम छाडेर माउन्टेन टेलिभिजनमा काम गरेको भिडियोमा उल्लेख गरेका छन् । लामिछानेको कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको उल्लेख गरेका छन् । भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यसैबिच चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष अर्थात् रविकी श्रीमती निकिता पौडेलले शुक्रवार बिहानै आफ्नो फेसबुकमा रवि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन् ,‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु । : रवि लामिछाने । पक्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रवार उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो ।