हास्य टेलिसिरियल ‘मेरी बास्यै’बाट ‘तक्मे बुढा’को रूपमा चिर्चित बनेका हुन कलाकार विल्सन विक्रम राई । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ । नेपाली चलचित्र लगायत बलिउडका चलचित्रमा पनि उनले काम गरिसकेका छन् । हालै उनी द्वारा निर्मित चलचित्र ‘रातो घर’ प्रदर्शनमा आएको थियो ।

विल्सन झापाका हुन् । उनले पहिलो चलचित्र ‘साथी’मा बालकलाकार भएर खेलेका थिए । एक पत्रिकामा उनले आफ्नो पहिलो पारिश्रमिक बारेमा खुलाएका छन् । झापामा भइरहेको चलचित्र साथीको सुटिङमा उनी  पुगेका थिए । ९ वर्षका विल्सनले पहिलो चलचित्रमा अभिनय गरे बापत ५० रुपैयाँ पारिश्रमिक पाएका थिए । ‘०५५ सालमा पहिलो पल्ट चलचित्रमा कसो कसो अनुहार देखाउने मौका पाएको थिए । त्यो बेला ९ वर्षको थिए ।

सुटिङ गरेपछि चलचित्रकै एक जना दाइले े चक्लेट खानु है भनेर ५० रुपैयाँ दिनुभएको थिया ।’ उनले उक्त रकमलाई नै आफ्नो पहिलो कमाई मान्छन् । उनी भन्छन् ‘आज त्यही ५० रुपैयाँको प्रेरणाले नै मलाई अहिले कलाकारका रूपमा देशविदेश पु¥याइरहेको छ ।’