अस्कर अवार्डमा सहभागी भएर अवार्ड हात पार्नु सबै नेपाली चलचित्र निर्माण टिमको सपना हुन्छ । तर आजसम्म त्यो सपना पुरा हुन भने पाएको छैन । यसैबिच 'द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज'को नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समितिले नेपाली चलचित्रहरूलाई अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिन आह्वान गरेको छ । प्रतिस्पर्धामा भाग लिने चाहेको चलचित्र २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ गते अगाडि नै प्रदर्शन भएको हुनुपर्ने उल्लेख छ । यसै गरी भाग लिनको लागी समितिले विभिन्न मापदण्ड समेत तोकेको छ ।
मापदण्ड पुगेका चलचित्रले २०७६ भदौ १३ गते शुक्रवारसम्म कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।
सहभागी हुन चाहने चलचित्रका यस्ता मापदण्ड रहेका छन्:
-निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने हुनुपर्ने,
-अङ्ग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश,
चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका सूचनाका प्रमाणहरू,
-सम्बन्धित चलचित्रका ३ देखि ५ वटा अचल तस्बिर,
-निर्देशकको फोटो,
-चलचित्र रिलिज हुँदाको पोस्टर र
-चलचित्रको डिजिटल कपी