निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । छवि र शिल्पाबिचको झगडा र शिल्पाको उजुरी हुँदै उनीहरूको विवाद बहु विवाहको मुद्दामा आइपुगेको छ । यसैबिच काठमाडौँ जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

आफू विरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै शिल्पा उच्च अदालत पाटन पुगेकी थिइन् । तर पाटनले जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि उनी सर्वोच्चको ढोका ढकढकाउन पुगेकी थिइन् । यसैक्रममा सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । यसै गरी भदौ १५ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।