भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'मारुनी'को चर्चा बजारमा बाक्लो रहेको छ । साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाएइको चलचित्र समलिङ्गी प्रेम कथामा आधारित चलचित्र हो । मुख्य अभिनेत्री साम्राज्ञीले समलिङ्गी को भूमिका निभाएकी छिन् । चलचित्रकी अर्की मुख्य अभिनेत्री रेविकाको पहिलो चलचित्र हो । चलचित्रमा चलेका कलाकार साम्राज्ञी, पुष्पसँग काम गरेकी रेविकाको अभिनय र कन्फिडेन्स कुनै नयाँ लाग्दैन । चलचित्रको प्रचारप्रसारमा लागेका यी तीनैको लागी 'मारुनी' एउटा चुनौती रहेको बताइसकेका छन् । साम्राज्ञी र पुष्पले यस अघि चलचित्र 'मङ्गलम्'मा एकै पटक काम गरेका भए पनि छायाङ्कन होस् या अन्य कार्यक्रम उनीहरूको प्रतक्ष्य भेट भने नभएको बताउँछन् । एकैचोटी चलचित्रको घोषणा कार्यक्रममा तीन जनाको भेट भएको थियो । पहिलो भेटको बारे सम्झिँदै उनीहरू भन्छन् 'त्यो निकै अप्ठ्यारो अवस्था थियो, किनकि त्यस अघि कहिल्यै नभेटेको नबोलेको मान्छेसँग स्टेजमा उपस्थित हुनु परेको थियो' ।
पुष्पले साम्राज्ञीको बारेमा भन्छन्, 'साम्राज्ञीसँग काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो र उनी एकदमै प्रोफेसनल छिन् । काम गर्दै जाँदा एक अर्काको कमी कमजोरी समेत पहिल्याउने गरेको र आफूले अहिलेसम्म काम गरेका कोएक्टर्स भन्दा निकै पुष्प सजिलो र सकारात्मक पाएको साम्राज्ञी बताउँछिन् । यसै गरी चलचित्रले साम्राज्ञी र पुष्पलाई निकै राम्रो साथी भएको पुष्प बताउँछन् र साम्राज्ञीले आफूलाई मेकअप देखी अन्य काममा पनि उनले सहयोह गरेको बताउँछन् । ट्रेलर रिलिज पछि आफू निकै उत्साहित भएको र रिलिज अघिसम्म निकै डर लागेको साम्राज्ञी बताउँछिन् । साम्राज्ञीले चलचित्रमा काम गर्नु आफ्नोलागि चुनौतीपुर्ण भएको र केही हदसम्म डर पनि लागेको तर दर्शकले देखाएको मायाले डर सबै उत्साहमा परिणत भएको बताएकी छिन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् साथमा पूनम गौतमले निर्माण गरेकी हुन्। सञ्जय लामाको छायाङ्कन रहेको 'मारुनी'मा सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री फिल्मका सहा निर्माता हुन् भने गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ । चलचित्रलाई मित्र डी .गुरुङले सम्पादन गरेका हुन् ।