शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने तीन विरुद्ध यती बेला कानुनी अनुसन्धान चलिरहेको छ । शालिकरामले आत्महत्या अगाडी आफूलाई आत्महत्या गर्ने अवस्थामा ल्याइपुर्याएको भन्दै तीन जनाको नाम लिएका थिए । यसैबिच रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेर जाहेरी दिएकी हुन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक सङ्केत कोइराला विरुद्ध उजुरी दिएकी हुन् । भिडियोलाई जालसाजी गर्दै मिडियामा ल्याएको भनि उनले आज जाहेरी दिएकी हुन् ।