अभिनेत्री रेखा थापाको आज भाद्र ५ गते बिहीबार जन्मदिन परेको छ । करिब डेढ दशकयता नेपाली चलचित्र क्षेत्रमा अभिनय देखी निर्माता/निर्देशक बनेर निरन्तर अगाडी बढिरहेकी दर्शकले अत्यन्त रुचाएकी अभिनेत्री थापाको फिल्मी करीयर चलचित्र ‘हिरो’ बाट सुरु भएको थियो । उनका 'मितिनी', 'धड्कन', 'हामी तीन भाइ', 'कर्णवीर', 'दुर्गा', 'देवर बाबु', 'कसले चोर्यो मेरो मन' लगायत चलचित्र ब्लकबस्टर चलचित्र हुन् । एक समय उनले अभिनय गरेका चलचित्र सजिलै हिट हुन्छन् भन्ने विश्वास थियो र हुन्थ्यो पनि त्यही । पछिल्लो समय उनी अभिनीत चलचित्र खासै आउन छोडेका छन् । केही समय पहिले चलचित्र भन्ने बित्तिकैकै रेखाको नाम आउने गर्थ्यो उनका चलचित्र गाउँ देखी सहरसम्म चर्चित बन्थे । 'हिम्मतवाली', 'रुद्रप्रिया' र 'मालिका' गरी तीन चलचित्र निर्देशन गरेकी रेखा यति बेला अर्को चलचित्रको निर्माणमा जुटेकी छिन् जसको निर्देशन रेनेशा बान्तवा राईले गर्ने पक्का भैसकेको छ ।
यसै गरी आज नै पछिल्लो समयका चर्चित र निकै रुचाइएका अभिनेता विपिन कार्कीको पनि जन्मदिन परेको छ । पछिल्लो समय जीवन्त र फरक शैलीको अभिनय गर्न पोख्त कलाकारको नाममा चिनिएका विपिनलाई चलचित्र 'पशुपतिप्रसाद'को भस्मे डनको भूमिकाले निकै उचाइमा पुर्यायो । यस पछि उनको डिमान्ड चलचित्र क्षेत्रमा निकै रहेको छ । नेपाली चलचित्रलाई आ-आफ्नो कामबाट निकै ठुलो गुन लगाएको दुई हस्तीहरूमा जन्मदिनको असीम शुभकामना ।