राजन कठेत निर्देशित १५ मिनेट लामो लघु चलचित्र ‘बेयर ट्रीज इन द मिस्ट’ टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको लागि छानिएको छ । आमा-छोराको कथाको कथा बोकेको यस फिल्मको ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको छ ।
आइकोर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा लक्ष्मी बर्देवा, सरिता गिरी, जीवन बराल, निसुम लिम्बुले अभिनय रहेको छ । आगामी सेप्टेम्बर ५ देखि १५ सम्म क्यानडामा आयोजना हुने टोरोन्टोमा चलचित्रको प्रिमियर हुनेछ ।