नेपाली चलचित्रको बजार पछिल्ला केही महिना यता निकै सुनसान रहेको छ । हलमा हरेक हप्ता एक भन्दा बढी चलचित्र प्रदर्शनमा आइरहेका छन् तर कुनैले पनि आशालाग्दो व्यापार गर्न सफल भएका छैनन् । हप्तै पिच्छे चलचित्र फेरिने क्रम मात्र यथावत् छ । उसो त वर्षमा सय हाराहारीमा चलचित्र प्रदर्शनमा आउँछन् । एकाधले मात्र सफलता पाउँछन् । यो हप्ताको शुक्रवार नेपाली हलहरूमा नेपाली कथानक चलचित्र 'जाइरा' प्रदर्शनमा आएको छ । सोलो रिलिजको अवसर पाएको यस चलचित्र व्यापारिक हिसाबले सफल हुने अनुमान लगाउन सकिन्छ । नम्रता श्रेष्ठ स्टारर यस चलचित्र आस गरिएको एक मध्य एक हो । बदलाको कथामा निर्माण भएको यस चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् भने उनीसँगै राम्रो छवि भएका कलाकारको लाइन अप रहेको छ । लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले यसअघि एक्सन जनरामा हात हालेकी थिइनन् यसैले पनि चुनौती रहेको बताउँछिन् ।
रिलिजको पहिलो दिन ‘जाइरा’लाई राजधानीका मल्टीप्लेक्सले राम्रै शोज उपलब्ध गराएका छन् । क्युएफएक्सले आफ्ना देशभरका स्टेसनमा २४ शोज दिएको छ । यो साता उसले सर्वाधिक शोज ‘जाइरा’लाई नै बाँडेको छ । त्यस्तै एफक्युब, बिएसआर र सिडीशीले समान ४४ शोज दिएका छन् । भने, बग मुभिजले ३ र क्युजले १ सो छुट्टयाएका छन् । आशुतोष श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप विक्रम शाही, रमेन दास श्रेष्ठ, नव–कलाकारहरू श्रृजना रेग्मी, सुजात श्रेष्ठ र सम्राट् मगरको अभिनय रहेको छ । निर्देशक श्रेष्ठ र नि रोज महर्जनले पटकथा तयार पारेका हुन् भने प्रसन्न गोपाली कार्यकारी निर्माता हुन् । यसै गरी बाबु श्रेष्ठको छायाङ्कन लोकेश बज्राचार्यको सम्पादन र सम्राट् बस्नेको द्वन्द्व रहेको छ ।