आज भदौ ७ गते नेपाली र जतपटकी निकै चर्चित कलाकार दीपाश्री निरौलाको जन्मदिन परेको छ । नेपाली र जतपटमा रेडियो प्रस्तोताबाट टेलिसिरियल हुँदै ठुलो पर्दाको चलचित्रमा अभिनय गर्दै निकै सफल निर्देशक निर्माता बन्न सफल दीपा निरन्तर नेपाली फिल्म जगतमा समर्पित छिन् । उनले सञ्चालन गर्ने रेडियो कार्यक्रम 'धनियाँकी दुनियाँ' आज पनि उत्तिकै चर्चित छ । हास्य टेलिसिरियल तितो सत्य हुँदै ब्लकबस्टर चलचित्र छक्का पन्जा सिरिजसम्म आइपुग्दा उनले आफूलाई प्रमाणित गरिसकेकी छिन् । जन्मदिनको अवसरमा दीपालाई उनका निकट व्यक्तित्वहरूले शुभकामना दिइरहेका छन् । यसैबिच दीपासँग सधैँ जोडिएको नाम एक अर्काका कलाकारिताका पर्याय दीपक राज गिरीले उनलाई निकै भावुक र भावनात्मक शुभकामना सन्देश आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

दीपाश्रीको जन्मदिनमा दीपकको शुभकामना

उनले आफ्नो सबैभन्दा नजिकको सबैभन्दा प्यारो, हरेक सफलता असफलतामा साथ दिने, आफू हारेर जिताउने, हरेक समस्यामा साथ दिने साथीलाई जन्मदिनको शुभकामना भन्दै दुईको तस्बिर सहित पोस्ट गरेका छन् । साँच्चै भन्नु पर्दा यी दुई कलाकारको लागी एक अर्का निकै महत्त्व राख्छन् सायद दुबैजनाको सफलताको पछाडि उनीहरूको सहयात्रा पनि हो । आगामी चलचित्र 'छ माया छपक्कै'को लागी तयारी गरिरहेकी दीपालाई जन्मदिनको लाखौँ शुभकामना!!