सिजन एक र दुई निकै उत्साहजनक र सफल रहेको हिमालयन रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको औपचारिक घोषणा गरिएको हो । एड्भेन्चर रियालिटी सो हिमालय रोडिज सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमन प्रताप अधिकारीले बताएका छन् ।

सेलिब्रेटी ग्याङ लिडरको नयाँ अवधारणा सहित प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चूतौतीपूर्ण रूपमा खेलमा सहभागी हुने गरी शोको तयारी गरेको निर्देशक अमनले थपे । पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए भने यस सिजनमा चार जना टिम लिडर हुनेछन् । पहिलो सिजनका जज रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन् । ग्याङ लिडरमा दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दिया मास्के सहित पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।

हिमालयन रोडिजको तेस्रो सिजनमा थपिए समन र अनुपविक्रम: अडिसन भदौ २८ बाट  हिमालयन रोडिजको तेस्रो सिजनमा थपिए समन र अनुपविक्रम: अडिसन भदौ २८ बाट

यस वर्षको रोडिजको लागि ५ सहरमा अडिसन आयोजना हुने बताइएको छ भने अडिसन भदौ २८ गते धरानबाट सुरु हुनेछ । यसै गरी भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगन्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौँमा अडिसन हुनेछ । सो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।