यति बेला पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउमा परेका रवि लामिछाने सहित तीन को विषयमा निकै बहस भइरहेको छ । कानुनी अनुसन्धान चलिरहेको छ । सालिकरामले आत्महत्या अगाडी आफूलाई आत्महत्या गर्ने अवस्थामा ल्याइपुर्याएको भन्दै तीन जनाको नाम लिएका थिए । पुडासैनीले आत्महत्या अघि आफूलाई लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलले मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो प्रहरीले पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैँ खिचेको पुष्टि भएको जनाएको छ । पुडासैनीको हत्या हो या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेका बेला चौतर्फी रूपमा पत्रकार रवि लामिछानेका समर्थकहरू उनी निर्दोष रहेको भन्दै आवाज उठाइरहेका छन् । यसैबिच शनिवार रिपोटर्स क्लब नेपालमा सत्य तथ्य अनुसन्धान भएर दोषीलाई कारबाही र निर्दोषलाई सम्मानजनक रिहाको आवाज उठाउन कलाकारहरूको सहभागितामा एक कार्यक्रम सम्पन्न भयो ।
रिपोटर्स क्लब नेपालका अध्यक्ष ॠषी धमलाको उपस्थिति र सहभागितामा कलाकारहरू निर्मल शर्मा, दीपक राज गिरी, रमेश उप्रेती लगायत कलाकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा कलाकारले सबै जना एकजुट हुनु पर्ने र निष्पक्ष छानबिनको लागी आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै निखिल उप्रेतीले कानुन लाई सञ्चालन गर्ने व्यक्ति नै गलत छ भने कसरी निष्पक्ष न्याय दिन सक्छ भन्दै बोलेका छन् । सत्यलाई साथ दिन आवाज उठाउनु पर्ने र सडक तताउनु पर्ने भएपछि सत्कर्ममा लागेकाले न्याय कसरी पाउने भन्ने अन्योल रहेको छ । भन्ने आशय व्यक्त गरे । सत्य तथ्य जनताले थाहा पाउनु पर्ने आवाज उठाए । यसै गरी पत्रकार ॠषी धमलाले न्याय सधैँ सत्यकै पक्षमा हुने र रवि निर्दोष ठहरिएर सम्मानजनक रिहा हुनेमा विश्वास रहेको बताएका छन् । उनी भन्छन् अदालतले रविलाई निर्दोष साबित गर्छ । सबै नेपालीमा रवि निर्दोष छन् र आफू उनको साथमा सधैँ रहेको थपेका छन् ।