पवन गिरीको डेब्यु गीत 'मलाई एकैछिन देउ' सार्वजनिक भएको छ । न्हुँ बज्राचार्यको सङ्गीत रहेको गीतको भिडियो सहित शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा कविता नेपाली र पवन गिरी फिचर्ड छन् । दुर्गालाल श्रेष्ठको शब्द रचना रहेको गीतको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन् । समाजमा अहिलेको समयको एक ठुलो समस्याको रूपमा अगाडी आएको अपहरणको विषयमा आधारित भिडियो अर्थ पूर्ण र सन्देश मूलक रहेको छ । नवराज आचार्यले निर्माण गरेको भिडियोमा रोहिया महर्जनको कोरियोग्राफी, शिवरम श्रेष्ठको छायाङ्कन रहेको छ ।