नवीन रावल र सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘फर्की फर्की’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतले प्रेमको भाव बोकेको छ । भिडियोमा राहुल शाह र एलिशा शर्मा फिचर्ड गरिएको छ । नवीन रावल कै सङ्गीत रहेको गीतमा मिलन विष्टको शब्द सृजना रहेको छ । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी समेत राहुल स्वयंले गरेका हुन् । चार वटा डान्स ग्रुपले नृत्य प्रस्तुत गरेको भिडियो फिल्मी स्वाद दिने खालको छ । भिडियोमा पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको छ ।
भिडियोको कोरोयोग्राफी निकै लोभ लाग्दो रहेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् मिहिनेत गरेर बनाएको यस गीतलाई दर्शक श्रोतालाई मन पर्नेमा गायक रावल विश्वस्त छन् ।