पछिल्लो समयकी निकै व्यस्त गायिका मेलिना राई र भारतीय साङ्गीतिक रियालिटी सो 'सारेगमपा लिटल च्याप'बाट चर्चा कमाएका बाल गायक आयुष केसीले एउटै गीतमा स्वर दिएका छन् ।  रोनिङ राईको शब्द तथा सङ्गीत रहेको 'सागर भन्दा निश्चल माया'को भर्खरै रेकर्डिङ सक्किएको छ । डान्सिङ नम्बर र रक जनराका गीतहरूले बजारमा राम्रो स्थान लिइरहेका बेला रोमान्टिक सदाबहार गीतलाई नै छानेको मेलिनाले बताएकी छिन् । सबैको मनमा बस्ने खालको गीत रहेको समेत उनले थपेकी छिन् यसै गरी आयुष उमेरले सानो भए पनि निकै राम्रो स्वर भएका र सम्भावना भएको गायक भएको बताउँछिन् । पछिल्लो समय धेरै सङ्ख्यामा गीत गाउँदा दर्शकलाई पचाउन गाह्रो हुँदैन ? भन्ने प्रश्नमा मेलिना अलि धेरै आएको हो तर आफूले छानेर मात्र गाउने गरेको र आएका गीतहरूलाई दर्शक श्रोताले निकै मन पनि पराइरहेको बताउँछिन् ।

गीतमा आयुषले बालापनको भाग निभाउने छन् । गीत आधुनिक रोमान्टिक भए पनि शैली र प्रस्तुति फरक बनाउने कोसिस गरिएको गायक दीपक चौँलागाइले बताएका छन् । गीत रेकर्डिङको अनुभव सुनाउँदै आयुष भन्छन् आफूलाई खुसीका साथमा डर पनि लागेको बताएका छन् । आफूभन्दा निकै सफल र ठुला गायकका अगाडी आफ्नो प्रस्तुति बिग्रिने हो कि भन्ने डर लागेको तर राम्रो भएको र आत्मविश्वास बढेको बताउँछन् ।यसैबिच अहिले निकै च र्चा र विवादमा तानिएका रवि लामिछानेको प्रसङ्गमा मेलिना भन्छिन् सबैको लागी भागवान् जस्तै बनेका रवि आफूलाई पनि निकै मन पर्ने र सम्मान गर्ने साथै समय मिलाएर भेट्न जाने योजना पनि बनाएको बताउँछिन् । साथमा दीपकले पनि रवि निर्दोष रहेको आफूलाई विश्वास भएको र अनुसन्धानका केही दिन म्याद थपिए पनि उनी छिट्टै रिहा हुने लागेको बताएका छन् ।