आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्धामा पक्राउ परेका निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाडौँ जिल्ला अदालतले दुई म्याद थप गरेर हिरासतमा राख्न अनुमति दिएको छ । आइतबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले दोस्रो पटक म्याद दिएको हो । आइतबारको बहसबाट यो निर्णय गरिएको हो । बुधवार महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको उनिविरुद्ध चलचित्र ‘लिलीबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ हिनामिना गरेको भनि निर्माताहरू मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए । पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई अदालत पुर्‍याएको थियो । पहिलो पटक पनि दुई दिन अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।