भौतिक संरचनाको विस्थापन पछि निकै अन्योल र उल्झनहरू झेलिरहेको थिएटर भिलेजले लामो समय पछि नाटक लिएर आएको छ । दिलीप रानाभाटले निर्देशन गरेको नाटक 'गुम्फन' शिल्पी थिएटर बत्तिसपुतलीमा भदौ ५ देखी २९ सम्म मञ्चन भइरहेको छ । एलिसा सालोको फिनिस नाटक 'रयादेस्सवार' बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसको अंगेजी अनुवाद 'फलिङ' बाट जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् ।  नेपाली परिवेश र अहिलेको सामाजिक परिस्थितिसँग जोड्न मोडिफाई गरेको निर्देशन रानाभाट बताउँछन् । एक्लोपनको आभास र यसले सृजना गर्ने मनस्थिति माथि बनेको नाटक ले हाम्रो वर्तमान जीवनमाथि प्रश्न उठाएको छ ।

शिल्पीमा दिलिपको नाटक 'गुम्फन'

विमल सुवेदीको मञ्च तथा प्रकाश परिकल्पना रहेको यस  नाटकमा अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एच. के अधिकारी, गुगल लामा, पी। बि। एस रिदम सुनुवार, प्रमोद खड्का, बिजेश गौतम, मदन सुवेदी, सङ्गीता थापा लगायतको अभिनय छ । नाटक मङ्गलवार बाहेक हरेक साँझ ५: २५मा र शनिवार दिउँसो १ बजे मञ्चन भइरहेछ ।