नेपाली तारा सिजन ३ का विजेता प्रताप लामाको व्यस्तता पछिल्लो समय बढेको छ। नेपाली ताराको जीतले भन्दा पनि हालै नेपाल आइडलमा टप १८ बाट बाहिरिए पछि  प्रतापको व्यस्तता बढेको हो । 'दिनमा ७ वटा सम्म अन्तवार्ता पर्छ' उनी भन्छन् । खासमा धेरैले नेपाल आइडलमा प्रताप लामाले उपाधि जित्न सक्छन् भनेर दाबी गरिरहँदा उनी प्रतियोगिताबाट बाहिरिएपछि उनका प्रशंसक निराश भएका छन् । उनी भन्छन् 'मैले हारेको भनेर धेरैले गुनासो गर्नु हुन्छ । मलाई अन्तर्वाा दिन किन पनि जरुरी छ भने मैले हारेको होइन । मेरो जीतको सुरुवात भएको छ ।' 


प्रताप बाहिरिएसँगै धेरैले संडयन्त्र गरेर निकालिएको भन्ने गरिएको छ । प्रताप भन्छन् 'म यो कुरालाई मान्दिन । भोटको कारण नै म बाहिरिएको हो । तर मलाई माया गर्ने मान्छे धेरै हुनुहुन्छ ।'
नेपाल आइडल लगायत प्रताप लामाको बारेमा गरिएको कुराकानी :