पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ। साथमा अर्की अभियुक्त अस्मिता कार्कीलाई चाहिँ साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ। सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो निर्णय सुनाएको हो । अदालतले लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। रिहा पछि पनि रविले मुद्दालाई प्रभावित पार्ने गरी लामिछानेले कार्यक्रम उत्पादन गर्न भने पाउनेछैनन् ।