शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ को ओरिजिनल साउन्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स रहेको छ । बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरू श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय रहेको छ । नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठले खिचेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ ।