‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’जस्ता चलचित्र निर्देशन गरेका निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट निर्माताको रूपमा आउने भएका छन् । चलचित्रलाई उनी आफै निर्देशन गर्नेछन् । ओम नमः सिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको नाम सोमबार विकास बोर्डमा दर्ता गरिएको छ । बोर्डमा नाम दर्ता गर्नु पूर्व उनले फिल्मको स्क्रिप्ट पशुपति मन्दिरमा पूजा गरेका थिए । भट्टराईका अनुसार चलचित्र दशैँपछि फ्लोरमा जानेछ । चलचित्र पूर्ण रूपमा प्रेमकथामा आधारित हुने चलचित्रमा नयाँ तथा पुराना कलाकारलाई लिइने बताउँदै को कलाकार रहने भन्ने टुङ्गो लागी नसकेको बताउँछन् । यति बेला टिम स्क्रिप्टलाई अन्तिम रूप दिने तयारीमा छ ।

भट्टराईले कलाकारको बारेमा टुङ्गो नलागेको भने पनि यस चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपिका प्रसाईँको जोडी बाँधिने चर्चा छ । दीपिका निर्देशक भट्टरार्ईकी श्रीमती हुन् । फिल्मका लागि आर्यनसँग मौखिक सहमति भइसकेको बुझिएको छ ।