चलचित्र ‘आधा सुर’को छायाङ्कन सुरु भएको छ । अशिन पौडेलको निर्देशनमा निर्माण हुने पारिवारिक कथानक चलचित्रको बुधवार भद्रकाली मन्दिरमा पूजाआजा गरी छायाङ्कन सुरु गरिएको हो । तीन युवाको गीत सङ्गीतप्रतिको मोह, सङ्घर्ष र पारिवारिक स्थितिको कथा रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दिलीप रानाभाट, सुरज विष्ट, बविता मल्ल, सुभांगम पराजुलीका साथमा डेव्यु अभिनेता मोहन जैसीको अभिनय रहने छ ।

फिल्म क्रिउ नेपाल र व्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको सिनेमा काठमाडौँ र पोखरामा ४० दिन लगाएर छायाङ्कन गरिने बताइएको छ ।  निर्देशक अशिन र सौरभ कार्कीले मिलेर स्क्रिप्ट तयार पारेका हुन् भने चलचित्रलाई विष्णु कल्पितले छायाङ्कन गर्ने छन् ।