अनमोल के.सी अभिनित बहुप्रतिक्षित चलचित्र 'कृ'को पहिलो लुक सार्बजनिक गरिएको छ । चलचित्र 'कृ'को घोषणासंगै नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने कलाकारको रुपमा अनमोल अगाडी सरेका थिए जसको कारण पनि चलचित्रले बजारमा राम्रै हल्ला पाएको थियो । चलचित्रको लागि नै भनेर अनमोलले लुक्स चेन्ज समेत गरेका थिए जसका कारण उनि आफ्नो दर्शक र मिडिया माझ पनि खुलेर आएका थिएनन् ।

सोहि नयाँ लुक्सका साथ 'कृ'को दुई वटा पोस्टर सार्बजनिक गरिएको छ । सार्बजनिक पोस्टरमा अनमोलको एन्ग्री एक्सन लुक्स देख्न सकिन्छ । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा रहेको 'कृ'मा अनमोल केसीको साथमा अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा, सम्पादन र निर्देशकिय पाटो सुरेन्द्र पौडेलले सम्हालेका छन् । चलचित्र कार्तिक ३ गतेबाट प्रर्दशन हुँदैछ ।