चलचित्रमा आफूले पाएको भूमिका लाई न्याय गर्न र आफ्नो भूमिकालाई जीवन्त बनाउन कलाकारले आफ्नो शारीरिक स्वरूप परिवर्तन गर्न हिचकिचाउँदैनन् । शुक्रवारबाट रिलिज भएको चलचित्र 'जाइरा'को लागी अभिनेत्री नम्रता श्रेष्ठले कपाल मात्र काटिनन् महिनौँ लगाएर शारीरिक सुगठन पनि गरिन् । यसैबिच चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले पनि कपाल मुन्डन गरेकी छन् । यस बारे बोल्दै सुरक्षाले भनिन्, 'चलचित्रको सिनमा कपाल काट्नु पर्नेभएपछि मैले कपाल काटेकी हुँ । राम्रो चलचित्र बनाउने प्रयास भएकाले कम्प्रमाइज नगरी मैले पनि कपाल काटेँ ।' चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । दीपेन्द्र के खनालले निर्देशनमा निर्माण हुने चलचित्रमा सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेका छन्।
चलचित्रको बारेमा बोल्दै उनले भने, 'कति सट यस्ता छन्, क्यामेरा वर्क गर्दागर्दै भक्कानिएर म रोकिएको छु । गिलसिरिन लगाएर रोएको हो कथाले क्यारेक्टरको मन छोएर आँसु आएको हो, त्यो हेर्दा पनि थाहा हुन्छ ।' सोसल ड्रामा ‘आमा'मा कथा पनि दीपेन्द्रले नै लेखेका हुन् भने मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । फागुन ९ गते प्रदर्शन हुने चलचित्रको यति बेला छायाङ्कन भइरहेको छ ।