नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘काले दाइ’को फस्टलुकसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । शिव शर्माको निर्देशनमा बनेको चलचित्र दसहिको अवसर पारी असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ। सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहेको रहेको छ।

शिव शर्माको ‘काले दाई’को फस्टलुकसंगै प्रदर्शन मिति सार्वजनिक

चलचित्रको कथा इन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् भने पवन गौतमको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।