हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत् सांस्कृतिक कार्यक्रम ‘तीज फेस्टिभल’ हुने भएको छ । डेस्टिनी क्रियसन र एनआरएनए जापानको संयुक्त आयोजनामा सेप्टेम्बर १ आइतबार बाट टोकियो टावर नजिक रहेको सिवा पार्कमा आयोजना हुने खुल्ला ‘तीज फेस्टिभल’को अन्तिम तयारी सम्पन्न भएको छ । बद्री पंगेनी,पशुपति शर्मा,मञ्जु पौडेल,सम्झना भण्डारी,रमेशराज भट्टराई र प्रताप दास लगायत कलाकारले साङ्गीतिक प्रस्तुति दिनु का साथै नेपाली तीजको मौलिकता झल्किने मौलिक प्रस्तुति हुने फेस्टिभल आयोजक  डेस्टिनी क्रियसनका कृष्ण खरेलले जानकारी दिएका छन् ।

तीजको दर खाने दिन आयोजना हुने कार्यक्रमको लागी आवश्यक तयारी सकिएको उनले बताएका छन् । उक्त कार्यक्रमबाट सङ्कलित भई बचेको रकम नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्ने समेत आयोजक संस्थाले जनाएको छ ।